मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सफलता प्राप्तिका लागि अतिरिक्त मेहनत र सक्रियता आवश्यक पर्ने देखिन्छ। भावनामा बगेर निर्णय गर्दा आफूलाई नै अप्ठ्यारो पर्न सक्ने भएकाले संयमित व्यवहार गर्नु बुद्धिमानी हुनेछ। जिम्मेवारीपूर्ण वा चुनौतीपूर्ण कामबाट आर्थिक लाभ हुन सक्छ, तर प्रतिष्ठामा असर नपरोस् भन्नेमा ध्यान दिनुहोस्। आवश्यक काममा बचत गरिएको रकम खर्च हुन सक्छ। जीवनसाथी वा प्रेम सम्बन्धमा एकअर्काको भावना बुझ्ने प्रयास गर्नु राम्रो हुनेछ। मनोरञ्जनको वातावरणमा पनि सानो असमझदारीले तनाव निम्त्याउन सक्छ। आज भाग्यबल सामान्य रहेको छ। शुभ अंक ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो। कुनै महत्त्वपूर्ण कार्य वा यात्रा अघि ‘ॐ नमः पशुपतये’ मन्त्र २१ पटक जप गर्नु लाभदायी रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवार, आफन्त तथा साथीभाइसँग सहकार्य र सहयोग प्राप्त हुने दिन छ। सानो प्रयासले पनि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। भविष्यलाई ध्यानमा राखेर गरिएको लगानी फलदायी बन्ने संकेत देखिन्छ। जिम्मेवारी पूरा गर्ने क्षमताका कारण सबैबाट प्रशंसा प्राप्त हुनेछ। विदेशमा रहेका आफन्त वा लामो समयदेखि सम्पर्कविहीन साथीहरूसँग पुनः भेटघाट वा संवाद हुन सक्छ। भाग्यले पूर्ण साथ दिने भएकाले महत्त्वपूर्ण निर्णय लिन उपयुक्त समय छ। शुभ अंक २, शुभ रङ सेतो वा घिउरङ र शुभ दिशा पश्चिम हो। यात्रा वा नयाँ कामअघि ‘ॐ चं चन्द्रमसे नमः’ मन्त्र ११ पटक जप गर्नु शुभ मानिन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज आत्मविश्वास र इच्छाशक्ति बढ्नेछ। अध्ययन, अनुसन्धान तथा प्रविधिसम्बन्धी क्षेत्रमा संलग्न व्यक्तिका लागि दिन विशेष उपलब्धिमूलक बन्न सक्छ। आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ, जसबाट प्रतिष्ठा र सम्मान बढ्ने सम्भावना छ। मेहनतअनुसार राम्रो नतिजा प्राप्त हुने भएकाले आलस्य त्याग्नु उपयुक्त हुनेछ। प्रतिस्पर्धीसमेत सहयोगका लागि तपाईंको साथ खोज्न सक्छन्। शुभ अंक १, शुभ रङ सेतो तथा घिउरङ र शुभ दिशा दक्षिण हो। कुनै विशेष कामअघि ‘ॐ शशिशेखराय नमः’ मन्त्र २१ पटक जप गर्नु शुभफलदायी हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा सुधार आउने र मन प्रसन्न रहने दिन छ। लामो समयपछि प्रियजनसँग भेटघाट वा रमाइलो कुराकानी गर्ने अवसर मिल्न सक्छ। सामाजिक तथा सेवामूलक कार्यमा सक्रियता बढ्नेछ। धार्मिक तथा आध्यात्मिक विषयप्रति आकर्षण बढ्न सक्छ। सञ्चार, विज्ञापन, व्यापार तथा मार्केटिङसँग सम्बन्धित व्यक्तिहरूले राम्रो सफलता प्राप्त गर्ने सम्भावना छ। अरूका नकारात्मक टिप्पणीभन्दा आफ्नै लक्ष्यमा केन्द्रित रहनु उपयुक्त हुनेछ। शुभ अंक ९, शुभ रङ पहेँलो वा सुन्तले र शुभ दिशा पूर्व हो। नयाँ काम सुरु गर्नु अघि ‘ॐ सों सोमाय नमः’ मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा केही कमजोरी देखिए पनि जिम्मेवारीका कारण काममा सक्रिय रहनुपर्ने अवस्था आउन सक्छ। पर्याप्त आराम र सन्तुलित आहारमा ध्यान दिनु आवश्यक छ। जटिल समस्या समाधान गर्न आजको मेहनत उपयोगी साबित हुनेछ। आर्थिक पक्षमा केही दबाब महसुस हुन सक्छ र लगानीको तत्काल प्रतिफल नआउन पनि सक्छ। जोखिमपूर्ण निर्णय गर्दा विशेष सावधानी अपनाउनु राम्रो हुनेछ। धैर्य र आत्मविश्वास कायम राखेमा कठिन परिस्थिति पार गर्न सकिनेछ। शुभ अंक ८, शुभ रङ सेतो वा पहेँलो र शुभ दिशा उत्तर हो। महत्त्वपूर्ण कार्यअघि ‘ॐ मृत्युञ्जयाय नमः’ मन्त्र २१ पटक जप गर्नु लाभदायक हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भावनामा बहने बानीले महत्त्वपूर्ण काममा असर पार्न सक्छ, त्यसैले लक्ष्यमा केन्द्रित रहनु आवश्यक छ। व्यक्तित्वमा आकर्षण बढ्नेछ र नयाँ सम्बन्ध विस्तार हुने सम्भावना देखिन्छ। प्रेम सम्बन्धमा मधुरता आउने भए पनि स्वार्थी सोचले आफन्तसँग दूरी बढ्न सक्छ। कार्यालय वा व्यवसायमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। व्यस्त समयबीच परिवार र जीवनसाथीलाई पनि पर्याप्त समय दिनु आवश्यक हुनेछ। शुभ अंक ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो। यात्रा वा नयाँ कार्य प्रारम्भ गर्नुअघि ‘ॐ साम्बसदाशिवाय नमः’ मन्त्र २१ पटक जप गर्नु शुभ मानिन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज अनुभवी र सम्मानित व्यक्तिहरूसँगको भेटघाटले नयाँ अवसरको ढोका खोल्न सक्छ। प्रशासन, न्याय, राजनीति तथा व्यवस्थापनसँग सम्बन्धित कार्यमा सकारात्मक प्रगति हुनेछ। ऊर्जा, विद्युत्, खेलकुद, धातु तथा प्राविधिक क्षेत्रका व्यक्तिहरूका लागि दिन उपलब्धिमूलक रहने संकेत छ। परिवारमा खुसी र शान्तिको वातावरण रहनेछ भने दाम्पत्य सम्बन्ध अझ सुमधुर बन्नेछ। एकअर्काको भावना बुझेर अघि बढ्दा सम्बन्ध अझ बलियो हुनेछ। आज भाग्यले पूर्ण साथ दिनेछ। शुभ अंक ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो। कुनै महत्त्वपूर्ण कार्य वा यात्राअघि ‘ॐ अश्विनीकुमाराभ्यां नमः’ मन्त्र २१ पटक जप गर्नु शुभ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मविश्वास, साहस र सकारात्मक ऊर्जा बढ्ने दिन छ। ज्ञान, सीप र अनुभवको उचित प्रयोगले उल्लेखनीय सफलता हात पार्न सक्नुहुनेछ। अध्ययन, तालिम तथा नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुन सक्छ। सन्तान वा सहकर्मीबाट पनि सहयोग मिल्नेछ। मित्रसँगको आत्मीय संवादले सम्बन्ध थप मजबुत बन्नेछ। आफ्ना योजना कार्यान्वयनका लागि समय अनुकूल देखिएको छ। आज भाग्यबल अत्यन्त राम्रो रहनेछ। शुभ अंक ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो। नयाँ काम सुरु गर्नु अघि ‘ॐ ऐं सरस्वत्यै नमः’ मन्त्र ११ पटक जप गर्नु लाभदायी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरपरिवारका जिम्मेवारीले केही समय व्यस्त बनाउने भए पनि आफ्नो काम समयमै पूरा गर्न सकिनेछ। अनावश्यक शंका वा अविश्वासले सम्बन्धमा दूरी बढ्न सक्छ, त्यसैले खुलेर संवाद गर्नु उपयुक्त हुनेछ। आमाको स्वास्थ्य वा पारिवारिक विषयमा विशेष ध्यान दिनुपर्ने समय छ। सहकर्मीसँग विचार नमिल्दा सामान्य तनाव आउन सक्छ, तर धैर्य अपनाए समस्या समाधान हुनेछ। भाग्यबल कमजोर रहे पनि मेहनतले राम्रो परिणाम दिन सक्छ। शुभ अंक ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो। महत्त्वपूर्ण कामअघि ‘ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः’ मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार, सेवा, ढुवानी तथा निर्माणसँग सम्बन्धित कार्यमा राम्रो प्रगति हुने सम्भावना छ। पुराना साथीभाइसँग भेटघाट हुन सक्छ, जसले नयाँ अवसर सिर्जना गर्नेछ। दाम्पत्य जीवनमा खुसी र आपसी समझदारी बढ्नेछ। लामो समयदेखि मनमा रहेको इच्छा पूरा हुने संकेत देखिन्छ। नयाँ विषय सिक्ने र अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त हुनेछ। आज भाग्यले मध्यम साथ दिनेछ। शुभ अंक ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो। यात्राअघि वा नयाँ काम सुरु गर्नुअघि ‘ॐ भालचन्द्राय नमः’ मन्त्र २१ पटक जप गर्नु लाभदायी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक पक्ष सुदृढ बनाउने अवसर प्राप्त हुनेछ। रोकिएको रकम प्राप्त हुने वा पुराना हिसाब–किताब मिलाउने समय आएको छ। मेहनत र बुद्धिमत्ताको सही प्रयोगले राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। अध्ययन तथा बौद्धिक क्षेत्रमा संलग्न व्यक्तिहरूले प्रशंसा पाउने सम्भावना छ। केही समयमा स्वभाव अलि कठोर देखिन सक्छ, त्यसैले बोली र व्यवहारमा संयम अपनाउनु राम्रो हुनेछ। शुभ अंक २, शुभ रङ घिउरङ र शुभ दिशा दक्षिण हो। महत्त्वपूर्ण कार्यअघि ‘ॐ सुधाकराय नमः’ मन्त्र ११ पटक जप गर्नु शुभफलदायी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौतीपूर्ण परिस्थितिलाई धैर्य र आत्मविश्वासका साथ सामना गर्न सकिने दिन छ। पेसा वा व्यवसायमा उन्नतिको प्रयास सफल बन्ने सम्भावना देखिन्छ। मनमा शान्ति र सकारात्मक सोच बढ्नेछ। जीवनसाथी वा प्रियजनसँग आत्मीय समय बिताउने अवसर मिल्न सक्छ। एकान्तमा बसेर भविष्यका योजना बनाउने समय पनि अनुकूल रहनेछ। पारिवारिक विषयमा केही असन्तुष्टि देखिए पनि सकारात्मक सोचले समाधानको बाटो देखाउनेछ। आज भाग्यबल मध्यम रहेको छ। शुभ अंक १, शुभ रङ पहेँलो वा सुन्तले र शुभ दिशा पूर्व हो। कुनै शुभ कार्य सुरु गर्नु अघि ‘ॐ देवगुरुभ्यो नमः’ मन्त्र १९ पटक जप गर्नु लाभदायक हुनेछ।
- (द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
प्रकाशित मिति: २४ असार २०८३, बुधबार













प्रतिक्रिया