काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तोमा औषधि दिलाइदिने भन्दै अवैध कमिसनको चलखेल गरेको आरोपमा १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट नियन्त्रणमा लिएको हो। यसअघि पनि यही प्रकरणमा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत असार २१ गते गृहमन्त्री र स्वास्थ्यमन्त्रीले प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालभित्र हुने बिचौलिया गतिविधि, अनियमितता र बिरामीमाथिको ठगी नियन्त्रण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका थिए।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया