काठमाडौं । रौतहटमा पुरानो जग्गा विवाद हिंसात्मक बनेपछि चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्।
रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा मंगलबार राति पुरानो जग्गा विवादका क्रममा दुई पक्षबीच झडप हुँदा ६० वर्षीय बुटन साहमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको हो।
घटनामा ८० वर्षीय रामबहादुर साह पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले चक्कु प्रहारको आरोपमा २६ वर्षीय राममहेश्वर साह तथा उनका बुवा ६३ वर्षीय रामऔतार साहलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया