काठमाडौं।  बल्खु क्षेत्रमा यात्रु तथा सर्वसाधारणलाई जबरजस्ती गाडीमा चढाउने, झोला र सामान तान्ने तथा दुःख दिने गतिविधिमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लामो समयदेखि यस्ता गतिविधिबारे आएका जनगुनासोका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार बल्खुबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com