एजेन्सी। जर्मनीमा यस वर्षको गर्मीको लहर (हिटवेभ) घातक बन्दै गएको छ। सार्वजनिक स्वास्थ्य संस्था रोबर्ट कोख इन्स्टिच्युट (RKI) का अनुसार हालसम्म गर्मीसँग सम्बन्धित विभिन्न कारणले करिब ५ हजार १२० जनाको मृत्यु भएको अनुमान गरिएको छ।

संस्थाले बिहीबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनअनुसार सबैभन्दा धेरै मृत्यु जुन महिनाको अन्तिम सातातिर भएको थियो। त्यस अवधिमा साप्ताहिक औसत तापक्रम २० डिग्री सेल्सियसभन्दा उल्लेखनीय रूपमा माथि पुगेको थियो।

तथ्यांकअनुसार मृत्यु हुनेमध्ये करिब ४ हजार २७० जना ७५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन्। अत्यधिक वृद्ध उमेर समूहमा महिलाको संख्या बढी भएकाले समग्र मृतकमध्ये महिलाको संख्या पनि पुरुषभन्दा धेरै रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

जर्मनीको यो तथ्यांकले युरोपभर फैलिएको भीषण तापलहरको गम्भीरता थप उजागर गरेको छ। युरोपेली संघको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार पश्चिमी युरोपले यस वर्ष इतिहासकै सबैभन्दा तातो जुन महिना अनुभव गरेको छ। उक्त अवधिमा औसत तापक्रम २०.७४ डिग्री सेल्सियस पुगेको थियो।

यस्तै, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्यान्ड्सका सरकारी निकायहरूले पनि जुन २० देखि २८ सम्मको तापलहरका क्रममा ४ हजार ७०० भन्दा बढी अतिरिक्त मृत्यु भएको जानकारी दिएका छन्।

रोबर्ट कोख इन्स्टिच्युटका अनुसार पछिल्लो एक दशकमा जर्मनीमा गर्मीका कारण सबैभन्दा धेरै मृत्यु सन् २०१८ र सन् २०१९ मा भएको थियो। सन् २०१८

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com