काठमाडौं । नेपाल र भारतको ‘ए’ टोलीबीच तीन खेलको टी–२० क्रिकेट सिरिज हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी डिसेम्बर ९ देखि १३ सम्म आयोजना हुनेछ।
सिरिजको पहिलो खेल डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३ मा हुनेछ।
स्कटल्यान्डमा सम्पन्न आईसीसी सम्मेलनका क्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको छलफलपछि सिरिज आयोजना गर्ने सहमति भएको क्यानले जनाएको छ।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार











प्रतिक्रिया