एजेन्सि। भेनेजुएलामा गत जुन २४ मा आएको शक्तिशाली दोहोरो भूकम्पमा ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ। भेनेजुएला सरकारले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म कम्तीमा चार हजार ११८ जनाको मृत्यु पुष्टि भएको छ भने १६ हजार ७४० जना घाइते भएका छन्।

भेनेजुएलाका संसद् प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राममार्फत उक्त जानकारी दिँदै अझै हजारौँ व्यक्ति बेपत्ता रहेकाले खोज तथा उद्धार अभियान निरन्तर जारी रहेको बताएका छन्।

यद्यपि उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित व्यक्तिहरू फेला पर्ने सम्भावना अत्यन्त न्यून रहेको बताएका छन्। त्यसका बाबजुद पनि आफन्तहरू आफ्ना परिवारका सदस्यको शव फेला पारेर सम्मानपूर्वक अन्त्येष्टि गर्न सकियोस् भन्ने आशामा प्रभावित क्षेत्रमा खोजी जारी राखिरहेका छन्।

भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको भेनेजुएला लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका कारण राहत, उद्धार तथा आधारभूत सार्वजनिक सेवामा समेत गम्भीर चुनौती सामना गरिरहेको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघले भूकम्प प्रभावितहरूको राहत तथा मानवीय सहायता विस्तार गर्न करिब ३० करोड अमेरिकी डलर बराबरको आकस्मिक सहयोगको अपिल गरेको छ।

उता, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तर्राष्ट्रिय समुदायसँग विदेशमा रोक्का (फ्रिज) गरिएका देशका सम्पत्ति फुकुवा गरी मानवीय राहत र पुनर्निर्माणका लागि उपलब्ध गराउन आग्रह गरेकी छन्।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com