पोखरा । कास्कीमा पिकलबल खेलको विकास एवं प्रवर्द्धन गर्न कास्की जिल्ला पिकलबल संघ गठन गरिएको छ ।

पोखरामा बुधबार सम्पन्न एक भेलाले ९ सदस्यिय तदर्थ समिति गठन गरिएको हो । शिद्धार्थ शर्माको अध्यक्षतामा गठित समितिको उपाध्क्षमा लक्ष्मण पोख्रेल, सचिवमा दिपेन्द्र पाहारी र कोषाध्यक्षमा दयाराम पन्त रहेका छन् ।

त्यसै गरी कार्यसमितिको सदस्यमा धिरेन्द्र कार्की, देवी गुरुङ, प्रदिप नेपाली, गणेश लामा र रेखा थापा कार्की रहेको संघले जनाएको छ ।

पिकलबल संघ गठनका लागि केन्द्रबाट तोकिएका गण्डकी विश्वविद्यालयका प्राध्यापक डा.मधुसुदन सुवेदीको अध्यक्षतामा सम्पन्न भेलामा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले नवनिर्वाचित तदर्थ समितिका पदाधिकारीहरुलाई बधाई दिंदै विद्यालयस्तरबाट खेलको विकास गर्न आग्रह गरे । उनले पिकलबल खेल नयाँखेलको रुपमा भित्रिए पनि सहज रुपमा सबैको पहुँचमा पुर्‍याउन समितिले भूमिका खेल्नु पर्ने बताए ।

सन १९६५ मा अमेरिकामा पहिलो पटक सुरु भएको पिकलबल खेल विसं २०७५ मा नविन गुरुङले नेपालमा भित्राएका थिए । गुरुङ सहारा यूकेका संस्थापक अध्यक्ष समेत हुन् । उनी यूकेमा रहेर विभिन्न सामाजिक तथा खेलकुद गतिविधिमा संलग्न रहेका छन् । विसं २०७५ मा पोखरामा पहिलो पटक एक मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता समेत भएको थियो । नेपालको पिकलबल संघ अन्तर्राष्ट्रिय पिकलबल महासंघको सदस्य समेत हो ।

आगामी मार्चमा माउन्ट एभरेस्ट इन्टरनेसनल टुनामेन्ट आयोजना पोखरामा गर्ने तयारी भईरहेको जनाइएको छ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com