काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ सिङ्गरे क्षेत्रमा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ। हेलिकोप्टर सेवाको सम्पूर्ण खर्च केदारस्युँ र दुर्गाथली गाउँपालिकाले संयुक्त रूपमा व्यहोर्ने भएका छन्।

केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल हेलिकोप्टर उपलब्ध गराइदिन अनुरोध गरेका थिए।

दुर्घटनामा हालसम्म तीन जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। आठ जना गम्भीर घाइते छन् भने चार जना सामान्य घाइते भएका छन्।

मृत्यु हुनेमा दुर्गाथली–६ का ६० वर्षीय चक्र महत, ६५ वर्षीया केलादेवी महत र केदारस्युँ–७ की ३५ वर्षीया विमला धामी रहेका छन्। अन्य घाइतेहरूको उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com