काठमाडौं । संसद सचिवलायले आ आफ्नो मातृ भाषा वा अन्य भाषामा सांसदहरूले शपथ लिन पाउने व्यवस्था गरेपछि देशका विभिन्न क्षेत्रबाट निर्वाचित सांसदहरूले आफूले चाहेको भाषामा शपथ लिए ।

बिहीबार प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमा शपथ लिन आउँदा सांसदहरू आआफ्नो मौलिक वेशभूषामा सजिएका थिए ।

अधिकांशले नेपाली भाषामै शपथ लिँदा रौतहटबाट निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साहले भने संस्कृत भाषामा शपथ लिए । शपथ लिएपछि उनले छोटो प्रतिक्रिया दिँदै भाषको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले गाडीहरूमा इम्बोस्ड नम्बर राख्दा अंग्रेजीमा राख्नुपर्ने व्यवस्थाको पनि विरोध गरे ।

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com