सांकेतिक तस्विर
काठमाडौं । भक्तपुरको खरिपाटीस्थित सुकुमवासीहरूको अस्थायी होल्डिङ सेन्टरमा समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीलाई प्रवेश गर्न रोक लगाइएको छ।
होल्डिङ सेन्टरमा खटिएका सुरक्षाकर्मीले मन्त्रालय वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अनुमति बिना भित्र प्रवेश गर्न नमिल्ने भन्दै सञ्चारकर्मीलाई फर्काएका हुन्।
कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासी परिवारलाई हाल खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।
स्थानान्तरणपछि त्यहाँको अवस्था बुझ्न र समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीले प्रवेश अनुमति नपाएपछि रिपोर्टिङ गर्न सकेनन्।
यसअघि आइतबार गृहमन्त्री सुधन गुरुङसहित सरकारी टोलीले पनि खरिपाटीस्थित होल्डिङ सेन्टरको निरीक्षण गरेको थियो।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार













प्रतिक्रिया