काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)बीच सोमबार बूढानीलकण्ठमा लामो भेटवार्ता भएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाह सभापति लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए। दुवै नेताबीच लामो समय छलफल भए पनि भेटवार्ताको एजेन्डा र निष्कर्षबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
राजनीतिक वृत्तमा भने पछिल्ला समसामयिक विषय, विशेषगरी सुकुमवासी व्यवस्थापनलगायतका विषयमा दुवै नेताबीच छलफल भएको अनुमान गरिएको छ।
स्रोतका अनुसार पछिल्लो समय सुकुमवासी समस्या समाधानमा सरकार अपेक्षाअनुसार प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सभापति लामिछाने असन्तुष्ट रहेका छन्। यद्यपि, उक्त विषय भेटवार्ताको मुख्य एजेन्डा थियो वा थिएन भन्नेबारे कुनै आधिकारिक पुष्टि भएको छैन।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार












प्रतिक्रिया