काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याङ्पोलमा आइतबार राति गएको पहिरोमा परी ४ महिनाकी एक शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्।

प्रहरीका अनुसार माइतीबाट घर फर्कने क्रममा राति करिब ९ बजे सडकमाथिबाट खसेको पहिरोले च्याप्दा कालिञ्चोक–१ क्याङ्पोल निवासी १९ वर्षीया शर्मिला थामी र उनकी ४ महिनाकी छोरी एलिना थामी पहिरोमा परेका थिए।

स्थानीयले घटनाको जानकारी पाउनासाथ तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याएका थिए। अस्पताल लैजाने क्रममा बाटोमै एलिनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकी आमा शर्मिला थामीको धुलिखेलमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com