काठमाडौं । अमेरिकाको हालैको सैन्य आक्रमणपछि इरानले खाडी क्षेत्रका मुलुकहरूलाई कडा चेतावनी दिएको छ। इरानविरुद्ध हुने कुनै पनि सैन्य कारबाहीमा सहयोग गर्ने वा आफ्नो भूमि तथा सैन्य अड्डा प्रयोग गर्न दिने राष्ट्रलाई प्रत्यक्ष निशाना बनाइने तेहरानले स्पष्ट पारेको हो।

बीबीसी फारसीका अनुसार इरानको विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकाले युद्धविराम सम्झौताको २५ दिन नबित्दै त्यसका अधिकांश प्रावधान उल्लंघन गरेको आरोप लगाएको छ।

विज्ञप्तिमा अमेरिकी आक्रमणले इरानको यातायात पूर्वाधार, माछा मार्ने डुङ्गा, कार्गो जहाज, मौसम विज्ञान भवनलगायत विभिन्न सरकारी संरचनालाई लक्षित गरेको दाबी गरिएको छ। इरानले यसलाई अन्तर्राष्ट्रिय कानुनविपरीतको ‘गम्भीर युद्ध अपराध’को संज्ञा दिएको छ।

विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि छिमेकी मुलुकले आफ्नो भूमि वा सैन्य अड्डा अर्को देशविरुद्धको आक्रमणका लागि प्रयोग गर्न दिन नहुने दायित्व रहेको पनि उल्लेख गरेको छ।

इरानले आफ्नो सुरक्षाविरुद्ध हुने कुनै पनि आक्रमणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने वा सहयोग पुर्‍याउने सबै स्थान र पक्षविरुद्ध आफ्नो सेनाले आवश्यक प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com