काठमाडाैं । स्थानीय बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा २ हजार ८०० रुपैयाँ गिरावट आएको हो।
आइतबार प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर दुई लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आइतबार प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १०० रुपैयाँले घटेर चार हजार ३७५ रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार













प्रतिक्रिया