काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निजी निवासअगाडि पनि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको भेटिएको छ।

स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको उक्त गाडी सोमबार बिहान करिब ७ बजेदेखि निवासको प्रवेशद्वार नजिकै राखिएको छ। गाडी पार्किङ गरिएको स्थानका कारण मोटरसाइकलसमेत सहज रूपमा आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

प्रत्यक्षदर्शीहरूले गाडी पार्किङ गरेपछि चालक नेपाल प्रहरीको सवारी चढेर त्यहाँबाट गएको दाबी गरेका छन्। यद्यपि, उक्त दाबीबारे नेपाल प्रहरीले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

 

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com