काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कार्यालयमा जागिरको अवसर सार्वजनिक गरेका छन् । सांसदको शपथ लिएको भोलिपल्ट उनले विदेशबाट फर्कनेका लागि आफ्नो पार्टी कार्यालयमा जागिरको अवसर सार्वजनिक गरेका हुन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत रविले चितवनस्थित कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि भ्याकेन्सी खुलाएका छन् । विकास, सुशासन, व्यवस्थापनलगायतका सम्पूर्ण काम सम्हाल्न सक्नेलाई आकर्षक तलब तथा सुविधा दिने भन्दै उनले सीभी (बायोडाटा) पठाउन अनुरोध गरेका छन् ।

‘कति बाकसमा मात्र फर्किने ? अब आकर्षक जागिरका लागि श्वास र आस लिएर नेपाल आउने नि, हैन त ? सुरुवात एक जनाबाट, थप योजना सार्वजनिक गर्दै जाउँला । आफ्नो सीभी मलाई पठाउनु होला । म तपाईँलाई लिन आफैँ एयरपोर्ट आउँछु’, रविले लेखेका छन् ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com