काठमाडौं । राप्रपा नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारले सुशासनका नाममा विपक्षीलाई मात्र लक्षित गरेर सम्पत्ति छानबिन गरिरहेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री, मन्त्री, सांसद, रास्वपाका केही नेता तथा पूर्वमेयरसहित सबै सार्वजनिक पदाधिकारीको सम्पत्ति निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने माग गरेका छन्।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्री सुदन गुरुङमाथि आफ्ना समर्थक परिचालन गरेर अशान्ति सिर्जना गराएको आरोप लगाउँदै नेपाल प्रहरीले राजनीतिक प्रभावबाट मुक्त भएर कानुनअनुसार काम गर्नुपर्ने बताए। कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा पनि उनले जोड दिए।

सुकुम्बासी व्यवस्थापनबारे बोल्दै शाहीले नदीकिनारको अतिक्रमण हटाउनुपर्ने तर विकल्प नदिई गरिब तथा सुकुम्बासीलाई हटाउन नहुने धारणा राखे। साथै, देशको अर्थतन्त्र कमजोर बन्दै गएको र राज्य संयन्त्र प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको टिप्पणी पनि उनले गरे।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com