काठमाडौं  । नवलपरासी (बर्दघाट सुस्ता–पूर्व) को देवचुली नगरपालिका–३ र १२ लाई जोड्ने बौलाहा खोलामाथिको मोटरेबल पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ। गण्डकी प्रदेश सरकारको करिब रु ६ करोड ३० लाख लागतमा बनेको ४५ मिटर लामो पुलले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको समस्या हटाएको छ।

पुल सञ्चालनसँगै दुई वडाबीच सुरक्षित र सहज आवतजावत सम्भव भएको छ। स्थानीयका अनुसार यसले कृषि उत्पादन ढुवानी, शिक्षा, स्वास्थ्य सेवा तथा बजार पहुँचलाई सहज बनाउनेछ। साथै, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएका बेला यो मार्ग वैकल्पिक सडकका रूपमा समेत उपयोग गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com