काठमाडौं । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै उपभोक्ताले अबदेखि पूर्ण तौल भएको एलपी ग्यास सिलिण्डर उपलब्ध गराइने जनाएको छ।

निगमले ग्यास उद्योग तथा वितरकहरूलाई तोकिएको परिमाणअनुसार ग्यास भरेर मात्र बिक्री–वितरण गर्न निर्देशन दिएको छ। कम तौलको ग्यास बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

निगमले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिण्डरको तौल जाँच गर्न आग्रह गर्दै कुनै अनियमितता भेटिएमा सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com