काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफल गर्ने भएका छन्।

केहीबेरमा सुरु हुने बैठकमा महिला उद्यमशीलताको विकास, उद्यममैत्री नीतिगत सुधार, लगानी तथा व्यवसायिक वातावरण सुदृढ बनाउने उपाय र उद्योग–व्यवसाय क्षेत्रमा महिलाको सहभागिता तथा नेतृत्व विस्तारका विषयमा विस्तृत छलफल हुने कार्यक्रम छ।

महिला उद्यमी महासंघको प्रतिनिधिमण्डलको नेतृत्व महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले गर्नेछिन्। प्रतिनिधिमण्डलमा तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी रहनेछन्।

छलफलका क्रममा महासंघले महिला उद्यमीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या, चुनौती तथा सरकारबाट अपेक्षित नीतिगत सुधार र सहजीकरणका विषयमा प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com