काठमाडौं ।  बाँकेका पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता फत्तेसिंह थारुको ८७ वर्षको उमेरमा निधन भएको छ। हृदयघात भएपछि नेपालगञ्जस्थित वेस्टर्न अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको राप्रपाले जनाएको छ।

वि.सं. १९९६ मा बाँकेको थपुवामा जन्मिएका थारु २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य तथा २०५१ सालमा बाँके–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग र वाणिज्यसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी सात पटक मन्त्री बनेका थिए। उनको अन्त्येष्टि शुक्रबार राप्ती नदीको सिधनियाघाटमा गरिनेछ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com