काठमाडौं । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा रहेका छन्। ललितपुर प्रहरीले उनलाई पाँच दिनअघि पक्राउ गरी प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेको जनाएको छ।
प्रहरीका अनुसार ग्राउन्ड ह्यान्डलिङ स्टाफका रूपमा कार्यरत आफ्नी पत्नीमाथि कुटपिट गरेको आरोपमा कसजुमाथि अनुसन्धान भइरहेको छ। कुटपिटसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ भने उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार













प्रतिक्रिया