काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट युवा संगठनका कार्यकर्ताले जाजरकोट कुशेका एक शिक्षकलाई मोसो दलेका छन् । कुशे गाउँपालिका-४ को हिमालय आधारभुत विद्यालयका प्रधानाध्यापक रणबहादुर शाहीलाई उनीहरूले मोसो दलेका हुन्।

राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले मोसो दलेको जनाएका छन् । शाही शिक्षण पेसामा आवद्ध हुँदा पनि सोही पालिकामा निर्माण हुँदै गरेको बैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ सालदेखि २०७९ सालसम्म करिब २ करोड २१ लाख रुपैयाँ हिनामिना गरेको आरोप उनीहरूले लगाएका छन् ।

साथै शिक्षक शाहीले बैकल्पिक उर्जाको कामलाई समेत अलपत्र पारेको उनीहरूको दाबी छ। यस्तै, समग्र विद्यार्थी र जनताको भविश्यसँग जोडिएको शैक्षिक सस्थालाई बेवास्ता गर्दै विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको युवा संगठनले आरोप लगाएको छ ।

शिक्षक शाहीले आफ्नो शिक्षण पेशालाई राजीनामा नदिइ नेपाली कांग्रेस कुशे गाउँपालिकाको सचिव बनेर सिङ्गो शैक्षिक संस्थालाई अस्तब्यस्त बनाएको आरोप समेत लगाइएको छ ।

 

प्रकाशित मिति: ९ पुस २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com