धनुषा । राजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उहाँ हिजो यहाँ आइपुग्नु भएको थियो ।
जानकी मन्दिरमा राजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले राजालाई मायाको चिनो प्रदान गरेका थिए ।
पूजापाठपछि उनी यात्री निवास गेस्ट हाउस गएका थिए । शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए । राजासँग पूर्व महारानी कोमल शाह पनि साथमै थिए ।
प्रकाशित मिति: ९ पुस २०७९, शनिबार
प्रतिक्रिया