काठमाडौं । निरन्तर वर्षापछि खसेको पहिरोमा पुरिएर रोल्पामा ५७ वर्षीय एक पुरुषको मृत्यु भएको छ। परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोटका देउप्रसाद घर्ती बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएका थिए।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शुक्रबार रातिदेखिको अविरल वर्षापछि पहिरो खसेको थियो। पहिरोमा परेका घर्ती शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाछावाङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया