काठमाडौं । चितवन, डोटी, सप्तरी, अछाम र कैलालीका विभिन्न स्थानबाट शुक्रबार र शनिबार गरी ६ जना मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–३ की ५ वर्षीया सकिना खातुन, कैलारी गाउँपालिका–५ का ७० वर्षीय सन्तराम चौधरी, घोडाघोडी नगरपालिका–१ का २० वर्षीय सागर शाही तथा अछामको कमलबजार नगरपालिका–६ का ६५ वर्षीय नन्दसिंह सुनार रहेका छन्।
यस्तै, चितवनको भरतपुर महानगरपालिका–११ मा अन्दाजी ६५ वर्षीय पुरुष र डोटीको दिपायल सिलगढी नगरपालिका–३ मा अन्दाजी ५० वर्षीया महिला मृत अवस्थामा फेला परेका छन्। उनीहरूको परिचय भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि पठाएको जनाएको छ भने सबै घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया