काठमाडौं । सम्भावित बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीपछि यस्तो निर्णय गरिएको हो। एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार













प्रतिक्रिया