महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका र सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला परेका छन्।

भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू आइतबारदेखि सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले व्यापक खोजी अभियान सञ्चालन गरेको थियो। खोजीपछि उनीहरू परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको पुष्टि भएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार सबै सुरक्षा संयन्त्र परिचालन गरी निकुञ्जभित्र खोजी तीव्र बनाइएपछि महिलाहरू सकुशल सम्पर्कमा आएका हुन्।

यस्तै, बेल्डाँडी गाउँपालिका–२ का तीन जना महिलालाई भने सहसेनानी सुमन जिसी नेतृत्वको नेपाली सेनाको टोलीले सोमबार बिहान निकुञ्जभित्रबाट सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ।

निकुञ्जभित्र च्याउ टिप्न गएका तीन फरक समूहका महिला सम्पर्कविहीन भएपछि सुरक्षा निकायले संयुक्त रूपमा खोजी तथा उद्धार अभियान सञ्चालन गरेको थियो।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com