काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा चालकसहित नौ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब १:१५ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सडकको मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा जिप चालक बाजुराको हिमाली गाउँपालिका–२ नातीखोलाका २५ वर्षीय जनवीर बुढा, ४० वर्षीय धर्मलाल बुढा र ३१ वर्षीया मिजरा बुढा रहेका छन्।

यस्तै, हुम्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मरसिंह बुढा, २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंगसिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा पनि घाइते भएका छन्।

प्रहरीका अनुसार सबै घाइतेलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाउने प्रक्रिया अघि बढाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com