काठमाडौं । भारतीय प्रधानमन्त्री निवास नजिक धर्नामा बसेका कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, मल्लिकार्जुन खड्गे तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहितका विपक्षी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नीट परीक्षा विवाद र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल तथा लाठीचार्ज भएको थियो। करिब तीन घण्टासम्म चलेको धर्नापछि प्रहरीले नेताहरूलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया