काठमाडौं । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा पारिवारिक विवादले श्रीमान्–श्रीमती दुवैको ज्यान गएको छ।
प्रहरीका अनुसार ४२ वर्षीय धनबहादुर दर्जीले सामान्य विवादका क्रममा आफ्नी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीमाथि खुकुरी प्रहार गरेका थिए। टाउको र बायाँ हातमा गम्भीर घाइते भएकी विजयकुमारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भयो।
घटनापछि धनबहादुर घरकै अर्को कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनलाई पनि उपचारका लागि दमक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका छन्। घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार












प्रतिक्रिया