काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ की ३९ वर्षीया मीना सुनारको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने क्रममा मृत्यु भएको छ।

बोहरागाउँ स्वास्थ्य चौकीमा शिशु जन्माएपछि स्वास्थ्य अवस्था जटिल बनेकी उनलाई पहिलो चरणमा बुर्तिबाङ अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएकोमा पोखरा पुग्ने क्रममा उनको निधन भएको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com