काठमाडौं । विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका ३५ वर्षीय एक युवकलाई प्रहरीले समयमै उद्धार गरेको छ
प्रहरीका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का सञ्जीव झा, जो हाल विराटनगर–१३ मा बस्दै आएका थिए, पारिवारिक विवादका कारण आत्मदाह गर्न खोजेका थिए। सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले हस्तक्षेप गर्दै उनलाई सकुशल उद्धार गरेको हो।
घटनास्थलबाट आगो लगाउन प्रयोग गर्न तयार पारिएको सलाईसमेत बरामद गरिएको छ। उद्धार गरिएका झालाई हाल प्रहरीको निगरानीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार












प्रतिक्रिया