काठमाडौं । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाउँदा दुई जना घाइते भएका छन्। बिहीबार लहान–३ स्थित हस्पिटल चोकमा भएको उक्त घटनामा प्रतिरोध भएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ।

गोली लागेर एक नेपाली र एक भारतीय नागरिक घाइते भएका छन्। उनीहरूको राउ स्मारक अस्पताल, लहानमा उपचार भइरहेको छ। घटनामा ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ भने पक्राउ परेकाहरूको संलग्नताबारे थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com