काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित रोयल फर्मासिटिकल्स उद्योगमा एसीको कुलिङ ग्यास भर्ने क्रममा शुक्रबार दिउँसो सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर–१२ निवासी ३० वर्षीय प्रमोद कोइराला र पर्साको पर्सागढी नगरपालिका–५ निवासी २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका थिए।

घाइते कोइरालालाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। अर्का घाइते देवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै जना रोयल फर्मासिटिकल्स उद्योगमा एसीमा कुलिङ ग्यास भर्ने काम गरिरहेका बेला सिलिण्डर विस्फोट भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com