काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय पुष्पराज चौधरीको डुबेर मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका चौधरी पौडी खेल्ने क्रममा डुबेका थिए।

साथीहरूले तत्काल उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ भने घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com