काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९ साङ्गलाखोला–पटापु क्षेत्रमा कारभित्र जलेको अवस्थामा ४५ वर्षीया रश्मी रिजाल मृत फेला परेकी छन्। प्रहरीका अनुसार घटनास्थलमा पुगेपछि शव बरामद गरिएको थियो भने घटनाको कारणबारे अनुसन्धान अघि बढाइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेजलगायतका आधारमा घटनाको छानबिन गरिरहेको जनाएको छ। मृतक नक्सालस्थित एक वित्तीय संस्थामा कम्प्लायन्स अफिसर तथा प्रवक्ताका रूपमा कार्यरत रहेको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com