काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म १ हजार ८६० वटा सरुवा निवेदन दर्ता भएका छन्। तीमध्ये १७३ कर्मचारीको सरुवा भइसकेको छ भने प्रक्रिया नपुगेका २८ वटा निवेदन फिर्ता गरिएको छ। मन्त्रालयका अनुसार हाल रिक्त रहेका दरबन्दीलाई प्राथमिकता दिएर सरुवा गरिएको हो।
मन्त्रालयले गत असार १६ गतेदेखि अनलाइन प्रणालीमार्फत सरुवा आवेदन लिन सुरु गरेको हो। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यस प्रणालीले सरुवा प्रक्रियालाई पारदर्शी, सहज र व्यवस्थित बनाएको बताइन्। नियमित सरुवा भदौ १ देखि ३० गतेसम्म हुने भए पनि हाल विशेष आवश्यकता भएका कर्मचारीको मात्रै सरुवा भइरहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया