विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने सबै प्रकारका सार्वजनिक तथा निजी कार्यक्रममा अर्को सूचना जारी नभएसम्मका लागि डिजे (डीजे) बजाउन पूर्ण प्रतिबन्ध लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पवन कोइरालाद्वारा जारी सूचनाअनुसार अब मेला, महोत्सव, विवाह समारोह, पार्टी, चाडपर्व, धार्मिक अनुष्ठान, पुराण तथा अन्य कुनै पनि साना–ठूला कार्यक्रममा डिजे प्रयोग गर्न वा बजाउन पाइने छैन।

प्रशासनका अनुसार अत्यधिक ध्वनि प्रदूषण नियन्त्रण, शान्ति–सुरक्षा कायम राख्न तथा सांस्कृतिक र धार्मिक कार्यक्रमका क्रममा डिजेका कारण हुन सक्ने विवाद र झडप रोक्न यो निर्णय गरिएको हो।

प्रशासनले प्रतिबन्धको उल्लङ्घन गरी डिजे बजाएको वा प्रयोग गराएको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। साथै, जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैलाई निर्णयको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com