काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच बुधबार पाँच बुँदे सहमति भएको छ। सहमतिसँगै नेपाल चिकित्सक संघले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिँदै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने घोषणा गरेको छ।
सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को प्रभावकारी कार्यान्वयन गर्ने, आवश्यक निर्देशिका तयार गर्ने र स्वास्थ्य संस्थाको सुरक्षा सुदृढ गर्न कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया