काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी घटनापछि विकसित शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिएका छन्।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको ब्रिफिङमा प्रधानमन्त्री शाहले सुनसरीको अवस्था तत्काल नियन्त्रणमा लिन, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्। साथै, शान्ति–सुरक्षा कायम गर्न कुनै सम्झौता नगरी दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न पनि उनले निर्देशन दिएका छन्।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया