काठमाडौं । प्रेस काउन्सिल नेपालले धार्मिक तथा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने तथा अफवाहपूर्ण सामग्री प्रसारण गर्ने मिडिया र सामाजिक सञ्जालमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। सुनसरीलगायत पूर्वी जिल्लाका संवेदनशील घटनासम्बन्धी भ्रामक सामग्री फैलाएको पाइएपछि १४ वटा मिडियालाई सामग्री हटाउन निर्देशन दिइएकोमा ७ वटाले हटाइसकेका छन् भने एक मिडियासँग लिखित स्पष्टीकरण मागिएको छ।
यस्तै, कुनै सञ्चारमाध्यमसँग आबद्ध नभएका ५ वटा फेसबुक पेज र १ वटा युट्युब च्यानलमा प्रकाशित ८ वटा गम्भीर प्रकृतिका सामग्रीबारे अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ। काउन्सिलले सबै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आचारसंहिताको पालना गर्दै जिम्मेवार ढंगले सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया