काठमाडौं । मधेशकेन्द्रित विभिन्न राजनीतिक दलले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्।
दलहरूले पीडितलाई न्याय दिलाउन, सामाजिक सद्भाव कायम राख्न र अफवाह तथा उत्तेजनाबाट टाढा रहन सबैमा अपिल गरेका छन्।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया