काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्य नेपाली आरोहीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

शनिबार फेसबुकमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले दिवङ्गत आरोहीहरूको भौतिक यात्रा अन्त्य भए पनि उनीहरूको साहस, समर्पण र योगदान पर्वतारोहणको इतिहासमा सधैँ अमर रहने उल्लेख गरेका छन्।

उनले आरोहणलाई केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताएका छन्। हिमालले कहिलेकाहीँ आफ्नै काखमा आरोहीलाई सधैँका लागि समेटे पनि उनीहरूको योगदान र प्रेरणा कहिल्यै नमेटिने प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री शाहले पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिकमा आरोहणका क्रममा भएको हिमपहिरोको घटनाले आफू स्तब्ध भएको उल्लेख गर्दै मृतक आरोहीहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com