काठमाडौं । प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ ।
गए राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिए ।
चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको उनले बताए । खुट्टामा गोली लागेका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
कैद भुक्तान गरिरहेका तामाङ जेनजी आन्दोलनमा फरार भएका थिए ।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया