काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। काठमाडौं उपत्यका, कोशी र बागमती प्रदेशका धेरै सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
कान्तिलोकपथ, सितापाइला–धार्के सडक र अरनिको राजमार्गका केही खण्ड बन्द छन् भने बीपी राजमार्ग र कान्तिलोकपथमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ।
प्रहरीले यात्रा अघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया