काठमाडौं । रोमानियाको पूर्वी सहर बाकाउमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार बिहान करिब ३:२१ बजे भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै ज्यान गएको हो।
स्थानीय आपत्कालीन उद्धार टोली घटनास्थल पुगे पनि दुवैलाई मृत घोषणा गरिएको थियो। मृतकहरू नेपाली नागरिक भएको पुष्टि भए पनि उनीहरूको परिचय सार्वजनिक गरिएको छैन। घटनाको कारण र उनीहरू रेलमार्गमा कसरी पुगे भन्ने विषयमा स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया