काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक निर्वाचन प्रणालीतर्फ चितवनको पहिलो राजनीतिक दल बनेको छ। रवि लामिछाने नेतृत्वको उक्त पार्टीले चितवनका तीनवटै निर्वाचन क्षेत्रमा सबभन्दा बढी मत प्राप्त गरेको छ। चितवन क्षेत्र नम्बर १ र २ मा प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू विजयी भएका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।