विश्वकप क्रिकेट: भारतलाई पहिलो झड्का, चार रन बनाएर आउट भए गिल

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा भारतलाई पहिलो झड्का लागेको छ। भारतले पहिलो विकेटका रुपमा  शुभमन गिललाई गुमाएको हो। उनी पाँच बलमा चार रन बनाएर आउट भए। अस्ट्रेलियाका मिचेल स्टार्कले जाम्पाबाट क्याचआउट गराएका हुन्। यो जारी विश्‍वकपमा यो स्टार्कको २८ औं विकेट हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com